गोरखामा थप ५ जनामा कोरोना पुष्टी

काठमाडौं । शुक्रवार गोरखामा थप ५ जना कोरोना संक्रमणको पुष्टी भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिउँसो १ बजेर जारी गरेको तथ्यांक अनुसार जिल्लाको गोरखा नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकामा थप ५ जना संक्रमित भेटिएको हो ।

निर्देशनालयको तथ्यांक अनुसार गोरखा नगरपालिका वडा नम्बर २ का २८ बर्षका १ पुरुष, वडा नम्बर ११ का ३९ बर्षका एक पुरुष र वडा नम्बर १३ का २३ बर्षका पुरुषमा कोरोना पुष्टी भएको हो ।

त्यस्तै जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ का ३४ बर्षका एक पुरुपमा पनि कोरोना पुष्टी भएको निर्देशनालयले सार्वजनिक गरेको बिज्ञप्तिमा उल्लेख छ ।

निर्देशनालयको अनुसार चितवन मेडिकल कलेज चितवनको फिभर क्लिनिकमा संक्रमणको पुष्टी भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here