नेपाल टेलिकमको अटम अफरमा परिमार्जन, थप्यो यस्ता सुविधा

काठमाडौं । नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफरअन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याकलाई थप सुविधा सहित केही परिमार्जन गरेको छ । अटम अफरमा सुविधा थप गरेर नयाँ ‘इको भ्वाइस प्लस डाटा कम्बो’ प्याक ल्याएको हो ।

परिमार्जित अफर (मंसिर ५ गते) शुक्रबार राती १२ बजे पश्चात लागु हुनेछ ।

हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याकअन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. २५० मा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि रु. ८५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको हो ।

सो अनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याक अन्तर्गत रु. २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने छ ।

यसैगरी रु. ८५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने छ ।

सम्बन्धित समाचारहरु

टेलिकमले ल्यायो ‘अटम’ अफर, के- के छ सुविधा ?

टेलिकमको तिहार विशेष १३ अफर सार्वजनिक, यसरी लिनुहोस्

नेपाल टेलिकमको आकर्षक फेस्टिभल अफर: कुनमा के-के सुविधा ?

यसरी लिनुहोस् एसएमएस मार्फत शुभकामना सन्देश पठाउन चाहनेले टेलिकमको प्याक ?

टेलिकमले ल्यायो विभिन्न प्याकेज सहितको आकर्षक ‘विन्टर अफर’

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here