वर्ल्डलिंक र आईमार्क विस्टा ग्लोबल अवार्डबाट सम्मानित

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन र आईमार्क सम्मानित भएका छन् । वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्सले वर्ल्डलिंक कम्युनिकेसन र आईमार्कलाई विस्टा ग्लोबल आईसीटी एक्सीलेंस मेरिट अवार्ड वाट सम्मानित गरेको हो ।

मलेसियामा भइरहेको टेकफेस्ट लाइव एक्स रोड टू डब्ल्यूसीआईटी मलेशिया २०२० को दोश्रो दिन विस्टाले वर्ल्डलिंकलाई डिजिटल अपर्चुनिटी÷ ईन्क्लुजन अवार्ड र आईमार्कलाइ कोविड १९ वेस्ट ईन्ड्रस्ट्रि सोलुसनबाट सम्मानित गरेको हो ।

विगत २० वर्षदेखि प्रत्येक वर्ष प्रदान गर्दे आएको ग्लोवल आइसिटी एक्सिलेन्स अवार्ड कार्यक्रम कोविड १९ महामारिका कारण यो वर्ष भर्चुवल माध्यमबाट गरिएको थियो ।

नेपालको सूचना तथा संचार प्रविधिको विकास र विस्तारमा विषेश योगदान गरेबापत वर्ल्डलिंक सो पुरस्कार वाट सम्मानित भएको हो ।

वर्ल्डलिंकले करिब ८५५० ठाउंवाट निशुल्क वाईफाई सेवा दिंदै आएको छ भने, दैनिक करिब १ लाख ५० हजार जनाले सो सेवा लिइरहेको जनाएको छ ।

कोविड १९ को महामारीसंग लड्न सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा पुर्याएको योगदानका निम्ति आईमार्कले सो पुरस्कारवाट सम्मानित भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here