शहिद लखन गाउँपालिकाका ३ सहित गोरखामा थप २१ जनामा कोरोना पुष्टी

गोरखा । सोमवार गोरखामा थप २१ जनामा कोरोना पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार आज शहिद लखन गाउँपालिकाका ३ सहित गोरखामा थप २१ जनामा कोरोना पुष्टी भएको हो ।

शहिद लखन गाउँपालिकाका ३०, ३३ र ३६ वर्ष उमरेका पुरुषमा कोरोना पुष्टी भएको छ । त्यस्तै, गण्डकी गाउँपालिकामा ३६ र ४७ वर्षका पुरुष, आरुघाट गाउँपालिकामा ३६ र ३९ वर्षका महिला र २९ वर्षका पुरुषमा कोरोना पुष्टी भएको छ ।

यसका साथै पालुङटार नगरपालिकामा ८ जना, भिमसेन गाउँपालिकामा ४ जना र अजिरकोट गाउँपालिकामा १ जनामा कोरोना पुष्टी भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा भएको परिक्षणमा जिल्लाका २१ जनाका कोरोना पुष्टी भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here