नेपालकी सपना रोका विश्वका प्रभावशाली महिलाको सूचीमा

काठमाडौं, ९ मंसिर । विश्वका प्रेरणादायक र प्रभावशाली महिलाको सूचीमा सामाजिक अभियान्ता नेपालकी किशोरी सपना रोकामगर पनि समावेश भएकी छन् ।

ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) ले हरेक वर्ष सार्वजनिक गर्दै आएको विश्वका विभिन्न क्षेत्रका प्रेरणादायक र प्रभावशाली १०० महिलाहरुको सूचीमा सपना पनि पर्न सफल भएकी हुन् ।

सन् २०२० का लागि सँगै विश्वका विभिन्न क्षेत्र तथा पेसामा रहेका अन्य देशका ९९ सय महिलालाई पनि बीबीसीले प्रभावशालीको सूचीमा राखेको छ ।

​म्याग्दीको मंगला गाउँकी १८ वर्षीया ​सपनाको संस्थाले बेवारिसे शवहरूलाई धार्मिक विधि पूरा गर्दै दाहसंस्कार गर्ने गरेको छ। पशुपति आर्यघाटमा उनीहरुले यो काम गर्दै आएका छन् ।

अग्रगामी परिवर्तनका लागि फरक काम गर्दै आएकाु प्रभावशाली महिलाहरूलाई वर्षेनी बीबीसीले यो सूचीमा समावेश गर्ने गर्छ। ​ यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।

यसअघि २०१९ को उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा बोनिता शर्मा परेकी थिइन् । उनि द सोसल चेन्जमेककर्स एण्ड इनोभेटर्सकी संस्थापक थिइन् । उनले नेपालका महिला तथा बालिकालाई शिक्षा तथा सशक्तिकरणका लागि सहयोग गर्दै आएकी छिन् ।

आमाको प्रेरणाले डिग्री हासिल गरेकी पोषण सुधार अभियन्ता बोनितालाई चुलोचौकोमा मात्रै केन्द्रित नभई निर्धक्कसँग बालिका तथा महिलाहरुले पनि शिक्षा हासिल गर्नुपर्छ भन्ने भावना जगाउँदै महिला तथा बालिकाको शिक्षा तथा सशक्तिकरणमा गरेको योगदानको कदर गर्दै बिबिसीले उक्त सूचीमा राखेको थियो ।

सन् २०१८ को उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा पनि नेपालवाट सुदूरपश्चिम प्रदेशकी सांसद उमादेवी वादी पर्न सफल भएकी थिईन् । उनि अछुत भनिएको वादी समुदायबारेको मानसिकता परिवर्तन गरेर परिचय दिन सफल रहेकी थिईन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here