च्याम्पियन्स लिग: फराकिलो जितसँगै बार्सिलोना अन्तिम १६ मा प्रवेश

काठमाडौं, १० मंसिर । डाइनामो क्युवविरुद्ध फराकिलो जित निकाल्दै बार्सिलोना स्पेनिस क्लब च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोनाले डाइनामो क्युवलाई ४–० गोल अन्तरले पराजित गरको हो ।

बार्सिलोनालाई जित दिलाउन मार्टिन ब्रेथवेटले दुई गोल गरे । त्यस्तै सर्जि डेस्ट र एन्टोइन ग्रिजम्यानले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा गोल गर्न सफल भएको हो ।

जितसँगै बार्सिलोनाले चार खेलबाट १२ अंक जोड्दै आफूलाई अन्तिम १६ मा उभ्याएको छ । पराजित डाइनामोको १ अंक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here