बर्दिवासमा बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन रोक

काठमाडौं, १० मंसिर । महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। ६ वर्षकी बालिकाको हत्यालाई लिएर भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएपछि स्थिति बिग्रन नदिन भन्दै निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बिहिबार बिहान ६ बजेसम्मको लागि बर्दिबासमा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

बर्दिबासमा पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिममा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को पाटु र दक्षिणमा वार्ड नं ८ को क्वार्टर चोक सम्म निषेधाज्ञा लगाइएको हो।निषेधाज्ञा अवधिभर र उक्त क्षेत्र मा ५ जनाभन्दा बढी भेला हुन पाउने छैनन्।

बालिका हत्याविरुद्ध मंगलबार दिउँसो बर्दिबास चोकमा प्रदर्शनमा उत्रेका स्थानीयमाथि प्रहरीले गोली प्रहार गर्दा बर्दिबास नगरपालिका १ का सञ्जय न्यौपानेको मृत्यु भएको छ।

न्यौपाने हिजो बर्दिवास चोकमा प्रदर्शन गरिरहेकाहरुलाई तितरबितर पार्न प्रहरीले चलाएको गोली लागेर घाइते भएका थिए । तत्काल हेलिकोप्टरबाट काठमाण्डाै लगिएका न्यौपानेको गएराति ज्यान गएको खबर फैलनासाथ बिहानैदेखि प्रदर्शनकारीले राजमार्ग, बजार र सबै व्यापारिक प्रतिष्ठान बन्द गर्दै प्रदर्शन जारी राखेका छन् ।

६ वर्षीया बालिका हत्या प्रकरणः प्रहरीको गोली लागेका युवकको उपचारको क्रममा मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here