सुनको मूल्य घट्ने क्रम जारी, आज प्रतितोला एक हजार रुपैयाँ घट्यो

काठमाडौं । सुनको मूल्य घट्ने क्रम बुधवार पनि जारी नै रह्यो । आज छापावाल सु्नको मूल्य प्रतितोला १००० रुपेयाँ घट्यो । मंगलवार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १००० रुपैयाँ घट्दै प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बुधवार तेजावी सुनको मूल्य पनि प्रतितोला १००० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ९१ हजार कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ घट्यो । बुधवार चाँदीको कारोबार मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here