गोरखामा आज थप ३ जनामा कोरोना पुष्टी

काठमाडौं । बुधवार गोरखामा थप ३ जनामा कोरोना पुष्टी भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराको पछिल्लो तथ्यांक अनुसार गोरखाको २ स्थानिय तहका ३ जनामा कोरोना पुष्टी भएको हो ।

गोरखा नगरपालिका ६ का ७४ बर्षका पुरुष र २६ बर्षिया महिला र गण्डकी गाउँपालिका २ को ५६ बर्षका पुरुषमा कोरोना संक्रमण भएको हो ।

तिनै जनाको क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परिक्षणका क्रममा पोजेटिभ देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here