शोधनान्तर ३४ अर्ब ३६ करोड रुपैयाँ बचतमा

काठमाडौं, १० मंसिर । शोधनान्तर स्थिति ३४ अर्ब ३६ करोडले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२२ अर्ब ४७ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ८४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २८ करोड ८२ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३.३ प्रतिशतले कमी आई रु.३ अर्ब ५६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २६.८ प्रतिशतले कमी आई रु.२ अर्ब ९२ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.३ अर्ब ६८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.३ अर्ब ९९ करोड रहेको थियो ।

द्दण्।समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१०१ अर्ब ९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१४ अर्ब ४३ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १२ करोड ७८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here