मास्क यसरी लगाउदाँ चस्मामा बाफ बस्दैन्

काठमाडौं । कोरोना संक्रमणबाट बच्नको लागि मास्क अनिवार्य हो । सहि ढंगबाट मास्क लगाउदाँ कोरोना लगाएत अन्य विभिन्न प्रकारका सरुवा रोगबाट संक्रमण हुने सम्भावना कम हुन्छ ।

तर, चस्मा पनि लगाउनुपर्ने मासिनहरुलाई भने मास्क लगाउदा असहज हुन्छ । चस्मामा बाफ बस्ने भएको कारण हिड्न पनि निकै समस्या हुन्छ । यस्तो अवस्थामा मास्क लगाउदा चस्मामा देखिने बाफ हटाउने तिन तरिका छन् ।

जुन यस्तो छः

१. चस्मा मास्कभन्दा माथी राख्ने

सुरुमा मास्क लगाउने र त्यपछि मात्रै चस्मा लगाउने गर्नुपर्छ । यस्तो गर्दा मास्कलाई चस्माले च्यापेर लगाउदा चस्मामा बाफ बस्न पाउदैन् ।

२. टिशु पेपरको प्रयोग

मास्कको माथिल्लो भागमा टिशु पेपरलाई टाँस्दा पनि चस्मामा बाफ बस्न पाउदैन् । यसले बाफलाई चस्मातिर जान दिँदैन् र चस्मामा बाफ बस्दैन् ।

३. चस्मालाई साबुनपानीले धुने

यी दुई उपायहरुको अलवा चस्मालाई साबुनपानीले धोएर पनि चस्मामा लाग्ने बाफलाई हटाउन सकिन्छ । यसरी साबुनपानीले प्रयोग गर्दा यसबाट बन्ने पातलो भिल्लीले चस्मामा बाफ बस्न दिँदैन् । (बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here