म्यारोडोनाको निधनमा अर्जेन्टिनामा तीनदिन राष्ट्रिय शोक घोषणा

काठमाडौं । फुटबलर डिएगो अर्मान्डो म्यारोडोनाको निधनमा अर्जेन्टिनामा तीनदिन राष्ट्रिय शोक घोषणा भएको छ । विहिवार त्यहाँका राष्ट्रपति अर्वेटो फर्नान्डेजले म्यारोडोनाको निधनमा तिनदिन शोक मनाउने घोषणा गरेका हुन् ।

म्यारोडोनाको बुधवार मस्तिष्क घातका कारण ६० वर्षको उमेरमा अर्जेन्टिनाको टिग्रेस्थित आफ्नै घरमा निधन भएको थियो ।

म्याराडोनाले आफ्नो नेतृत्वमा सन् १९८६ को विश्वकप फुटबल प्रतियोगिता अर्जेन्टिनाले जिताएका थिए । सन् १९९० को विश्वकप फुटबलमा दोस्रो स्थान प्राप्त गरेको थियो।

उनी विश्वकै महान् खेलाडीको रूपमा चिनिन्थे । उनको जन्म सन् १९६० अक्टोबर ३० मा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here