भारतमा अलिबाबा ग्रुपका ४ सहित थप ४३ एप्समाथि प्रतिबन्ध

काठमाडौं । भारतले चीनको बहुराष्ट्रिय कम्पनी अलिबाबा ग्रुपका ४ सहित थप ४३ मोबाइल एप्समाथि प्रतिबन्ध लगाएको छ ।

यस्ता एप्सहरुले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको कारण प्रतिबन्ध गर्नुपरेको भारतीय सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

अलिबाबा ग्रुपका अलि एक्सप्रेस, क्याम कार्ड तथा ताओवाओ लाइभ लगायतका चिनियाँ एप्सहरू प्रतिबन्धको सूचिमा परेका छन्।

भारतले केही महिनाअघि लोकप्रिय भिडियो सेयरिङ एप टिकटक र मोबाइल खेल पब्जी सहित सयौं मोबाइल एप्सहरूमाथि प्रतिबन्ध लगाएको थियो।

भारत सरकारले चिनियाँ मोबाइल एप्सहरूले भारतीय प्रयोगकर्ताका गोप्य विवरणहरू संकलन गरी चीन पुर्‍याएको आरोप लगाउदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here