बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ४.९ प्रतिशतले बढ्यो

काठमाडौं, ११ मंसिर । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ४.९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७७ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २०.९ प्रतिशतले बढेको छ ।

२०७७ असोजमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ९.१ प्रतिशत, ३२.८ प्रतिशत र ४९.४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.२ प्रतिशत, ३३ प्रतिशत र ४७.८ प्रतिशत रहेको थियो ।
२०७७ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४३.२ प्रतिशत रहेको छ । २०७६ असोज मसान्तमा यस्तो निक्षेपको अंश ४४.८ प्रतिशत रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here