गोरखामा थप पाँच जनामा कोरोना संक्रमण

गोरखा । गोरखामा विहिवार थप ५ जनामा कोरोना संक्रमित पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार जिल्लाका ५ जनामा कोरोना पुष्टी भएको हो ।

निर्देशनालयको तथ्यांक अनुसार आरुघाट गाउँपालिकामा ४ जना र गोरखा नगरपालिका १ जनामा संक्रमणको पुष्टी भएको हो । गोरखा नगरपालिका वडा नम्बर का २९ बर्षिय पुरुषमा संक्रमणको पुष्टी भएको हो ।उनको चितवन स्थित फिवर क्लिनिकका कोरोना पुष्टी भएको हो ।

त्यस्तै आरुघाट वडा नम्बर ९ मा २५ वर्षका एक पुरुष र वर्ष २७, २६ र ३५ बर्षका गरि ३ जनामा महिलामा संक्रमण भेटिएको निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । उनिहरुको गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्र पोखराका स्वांब परीक्षण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here