चिसो मौसममा किन धेरै दुख्छ दाँत ? यसरी रहनुहोस् सुरक्षित

काठमाडौं । गर्मी मौसमको तुलनामा चिसो मौसममा दाँतसम्बन्धी समस्या धेरै हुन्छ । यस मौसममा दाँतमा विभिन्न खाले समस्याहरु देखापर्छ ।

दाँतमा झन्झनाहट हुने, किराले खाएको ठाउँमा दुख्ने जस्ता समस्या धेरै हुन्छ । त्यसकारण चिसो मौसममा दाँतको सुरक्षामा विशेष ध्यान दिनुपर्छ । दाँतको दुखाईबाट छुटकारा पाउनको लागि निम्न कुरामा ध्यान दिनुपर्छ ।

यस्ता छ सुरक्षित रहने उपायः

१. यस मौसममा चिसो हावा, चिसो पानी र खानेकुरा सकेसम्म खानु हुँदैन् । यस्ता क्रियाकलापले शरीरको तापक्रममा पनि कमी आउँदा दाँतको दुखाई बढी हुने गर्छ ।

२. दाँतमा समस्या हुने मानिसले साह्रो खानेकुराखानु हुँदैन् ।

३. खराब किसिमबाट ब्रस गर्ने, खैनी, पान, पराग, सुपारी, चुरोटको सेवन गर्नुहुँदैन् यस्ता कामले दाँतको समस्या बढाउछ ।

४. सामान्य दुखाइ भएको अवस्थामा साधारण नुनपानीले मुख कुल्ला गर्नुपर्छ ।

५. खाना खाइसकेपछि दिनमा कम्तिमा दुईपटक ब्रस गर्नुपर्छ ।

६. दुःखाई असामान्य छ भने समयमै अस्पताल जानुपर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here