संघीयताको औचित्य पुष्टि गर्ने काम हाम्रै हो : सभामुख सापकोटा

काठमाडौं, १२ मंसिर । संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सुरु भएको छ ।

संघीय संसदको आयोजनामा शुक्रबार सुरु भएको संघ र सात प्रदेशका पदाधिकारहिरुबीचको अन्तर्क्रिया कार्यक्रम प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख सापकोटाले उद्घाटन गर्दै उनले संघीयताको औचित्य पुष्टि गर्ने काम आफूहरुको भएको बताए । संसदलाई जीवन्त र जनमुखी बनाउनु पर्नेमा जोड दिनुभयो । प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने, जनताको जीवनस्तरलाई माथि उठाउने कार्य गर्नुपर्ने उनकोे भनाइ छ ।

सभामुख सापकोटाले हामी चुनौती र अवसरको बीचमा रहेको चर्चा गर्दै यो बेला अवसर नै बढि रहेको बताए । ‘हामीले बढी भन्दा बढी अन्तरक्रिया आयोजना गर्नुपर्छ, संघीयताको औचित्य पुष्टि गर्ने काम हाम्रै हो उनले भने ।

सभामुख सापकोटाले संसदका समितिहरु बढी सक्रिय हुनुपर्नेमा जोड दिए । उनले संसद अधिवेशन नचलेको अवस्थामा पनि समितिमा हुने व्यापक छलफलले जनमुखी कानुन निर्माण हुने धारणा राखे ।

कार्यक्रममा संघीय र प्रदेश सभामा सभामुख र उपसभामुख आन्तरिक रुपमा गहन छलफल गरेर अघि बढ्दा सभाको काम प्रभावकारी हुने बताए । उनले संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुनु निकै महत्वपूर्ण काम भएको चर्चा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here