अष्ट्रेलियन वाइनमा २१२ प्रतिशतसम्म कर बढाउने चीनको तयारी

काठमाडौं । पछिल्लो समय चीन र अष्ट्रेलियाको व्यापार युद्ध चुलिदै गर्दा चीनले अष्ट्रेलियन वाइनमा २१२ प्रतिशतसम्म कर बढाउने निर्णय गरेको छ ।

चीनको वाणिज्य विभागले शुक्रवार अष्ट्रेलियन वाइनमा १०७ देखि २१२ प्रतिशतसम्म कर बढाउने निर्णय गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले छापेको छन् ।

यसअघि अमेरिका र यूरोपियन देशको साथसाथै अष्ट्रेलियाले समेत कोरोना भाइरस विश्वभर महाकारीको रुपमा फैलिनुको सम्बन्धमा अन्तराष्ट्रिय जाँच हुनुपर्ने माग गरेकोमा चीनले आपत्ति जनाएको थियो ।

यो खबरले अष्ट्रेलियाका वाईन कम्पनीहरु मर्कामा परेको बताईएको छ । अष्ट्रेलियन वाइनको लागि चीन सबैभन्दा ठूलो व्यापारीक केन्द्र हो ।

सन् २०२० को पछिल्लो ९ महिनामा भएको अष्ट्रेलियन वाइनको ३९ प्रतिशत व्यापार चीनमा मात्रै भएको थियो । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here