‘फोनपे डिजिटल इकोनोमी कन्क्लेभ’ शनिबार हुँदै

काठमाडौं। नेपालमा डिजिटल प्रविधिको उच्चतम प्रयोग, विकास र नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले शनिबार फोनपे डिजिटल इकोनोमी कन्क्लेभ २०२० हुने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली मुख्य वक्ताको रुपमा रहेनछन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी लगायत विषयविज्ञहरु वक्ताको रुपमा रहनेछन्। नेपाललाई डिजिटल प्रविधिमा एक खुट्किला माथी उठाउन यस कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने आयोजकले विश्वास लिएको छ।

ब्राण्डवर्थ प्रालिले आयोजना गर्न लागेको कन्क्लेभमा सरकार, नेपाल राष्ट्रबैंक, सूचना तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतको सहकार्य छ। आठवटा सत्र रहने यस कन्क्लेभ कहिले हुन्छ डिजिटल नेपाल, डिजिटल बैंकिंग डिजिटल रेमिट्यान्स, डिजिटल मार्केट प्लेस, लगायत रहनेछन्।

सरोकारवाला विभिन्न डिजिटल प्लेटफर्ममार्फत एपी वान टेलीभिजनमा विहान साढे ९ बजेदेखी बेलुका ६ बजेसम्म प्रसारण गरिने कार्यक्रममा अर्थतन्त्रको डिजीटाइजेसनको सम्भावना, यसको आगामी बाटो, आवश्यक सकारात्मक नीतिगत हस्तक्षेप तथा डिजिटाइजेसनले सिर्जना गर्ने अवसरका बारेमा सरोकारवालासंग सघन छलफल हुनेछ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)यस कन्क्लेभको नलेज पार्टनरका रुपमा रहेको छ। आयोजक संस्था ब्राण्डवर्थका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मोहन गजुरेलले कोभिड महामारीले थपेको जटिल परिस्थितीले डिजिटल प्रविधिको प्रयोग बढाउने अवसर दिएको बताए।

“महामारीले एकातर्फ चुनौती थपेको छ तर यो समयलाई अर्कोतर्फबाट अवसरको रुपमा लिएर डिजिटल प्रविधिको प्रयोगलाई बढावा दिनुपर्छ।” उनले भने। निजी क्षेत्रबाट डिजिटल प्रविधिका क्षेत्रमा गरेको प्रयासमा सरकार तथा सरोकारवाला पक्षबाट भएको सहयोगले भने थप हौसला मिलेको उनले बताए।

सुलभ इन्टरनेट सेवा तथा स्मार्टफोन, बढ्दै गएको इन्टरनेट तथा मोबाइल फोनको उपलब्धताले नेपालको अर्थतन्त्रको डिजीटाइजेसनमा लैजाने अवसर दिएको बताए। कोरोना भाइरस महामारी नियन्त्रणका लागि कार्यान्वयनमा ल्याइएको लकडाउनले अर्थतन्त्रमा डिजिटाइजेसनको टड्कारो आवश्यकता औंल्याएको छ। “यसका लागि हामीले एउटा कदम अगाडी बढाएका हौँ जसमा सरकारको सहभागिताले थप हौसला मिलेको छ।’

कन्क्लेभमा विभिन्न विषयका विज्ञहरुले उनीहरुको हालसम्मको यात्रा, अनुभव, नियमनकारी निकायहरुद्वारा गर्नुपर्ने नीतिगतव्यवस्था लगायतबारे आफ्ना अनुभव र विचार आदानप्रदान गर्नेछन्। वित्तिय सेवा, भुक्तानी सुविधा, इ–कमर्श सम्बन्धित नीति, नियममनका व्यवस्था, अभ्यास तथा व्यवसायलाई सहजीकरणका सबन्धमा कन्क्लेभमा बृहद् छलफल हुनेछ। नेपाली इ–कमर्श इकोसिस्टमका सबै सरोकारवालाहरुको सहभागिता रहने यस कन्क्लेभले नेपालमा डिजिटल इकोनोमीका बारेमा नयाँ बहस शुरु गर्ने विश्वास आयोजकको छ।

नेपालमा डिजिटल भुक्तानी, डिजिटल बैंकिङ, इ–लर्निङ र इ–कमर्शले क्रमशः व्यापकता पाएको छ। कोरोना भाइरस महामारी तथा यसलाई नियन्त्रण गर्न लगाईएको बन्दाबन्दी-निषेधाज्ञाले अर्थतन्त्रका प्राय सबै अवयवलाई नराम्ररी प्रभावित पारिरहँदा नेपालमा इ–कमर्श र डिजिटल बैंकिङ भने फराकिलो हुदै गएको छ। नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राख्नुपर्ने बाध्यता सिर्जना गरेको छ।

घरमै बसी बैंकमा खाता खोल्ने तथा शेयर कारोबार गर्ने,मोबाइलबाटै रकम स्थानान्तरण (ट्रान्सफर) गर्ने, मोबाइल वालेटमार्फत् भुक्तानी गर्ने लगायतका नयाँ सेवाहरुमा नेपालीहरु विस्तारै अभ्यस्त हुदै गएका छन्।

अनलाइन कारोबार तथा अनलाइन भुक्तानीको बढ्दो प्रयोगले साइबर सेक्युरीटी इ–कमर्शको महत्वपुर्ण हिस्सा रहेको तथ्य उजागर गरेको सन्दर्भमा नेपालमा अनलाइन कारोबार हुने-हुनसक्ने ठगीलाई नियन्त्रण गर्न आवश्यक पर्ने कानुनी व्यवस्थाका बारेमा समेत कनक्लेभमा विस्तृत छलफल हुनेछ। डिजिटल इकोनोमीबारेको कन्क्लेभ भएकाले यसको आयोजन पनि डिजिटल माध्यमबाटै गरिनेछ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here