अस्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत पराजित

काठमाडौं, १२ मंसिर । भारतविरुद्धको एकदिवसीय श्रृंखलामा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । शुक्रबार साँझ सम्पन्‍न पहिलो एकदिवसीय खेलमा अस्ट्रेलियाले भारतलाई ६६ रनले हराएको हो ।

अस्ट्रेलियाले दिएको ३७५ रनको विशाल लक्ष्य पछ्याएको भारतले पूरा ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३०८ रन मात्र बनाउन सक्यो ।

भारतका लागि हार्दिक पाण्डेयाले ९० र शिखर धवनले ७४ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका लागि एडम जम्पाले चार, जोश हेजलवूडले तीन र मिचेल स्टार्कले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै तीन सय ७४ रन बनायो । उसका लागि एरोन फिन्च र स्टेभेन स्मिथले शतकीय पारी खेले ।

बलिङतर्फ भारतका लागि मोहम्मद शामीले तीन विकेट लिँदा जसप्रित बुमराह, नवदीप सैनी र युजविन्द्र चाहलले एक–एक विकेट लिए ।

जितसँगै तीन खेलको शृङ्खलामा अस्ट्रेलिया एक–शून्यले अघि भएको छ । विशाल लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुवात गरेको भारतले ५० देखि १०० रनको बीचमा ४ विकेट गुमाएपछि धर्मराएको पारीलाई हार्दिक र शिखर मिलेर उकासेका थिए ।

यी दुईबीच १२८ रनको साझेदारी भएको थियो । एडम जाम्पाले दुवैलाई आउट गरेपछि खेल पुनः अस्ट्रेलियाको पक्षमा आएको थियो । अस्ट्रेलियाका लागि एडम जाम्पाले ४ जश हेजलवूडले ३ र मिचेल स्टार्कले १ विकेट हात पारे ।

यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रन बनाएको थियो ।

उसका लागि कप्तान एरन फिन्च र पूर्वकप्तान स्टीभ स्मिथले शतकीय पारी खेलेका थिए ।फिन्चले ११४ रन बनाएका थिए भने स्मिथले १०५ रनको योगदान दिए ।

त्यसैगरी डेभिड वार्नरले ६९ र अन्त्यतिर ग्लेन म्याक्सवेलले विस्फोटक ४५ रन बनाए । भारतका मोहम्मद शामीले ३ तथा जसप्रीत बुमराह, नवदीप सैनी र युजुभेन्द्र चहलले १-१ विकेट लिए ।

म्यान अफ द म्याच स्टिभ स्मिथ घोषित भएका छन् । जीतसँगै अस्ट्रेलियाले तीन खेलको श्रृंखलामा १-० को अग्रता लिएको छ ।

दोस्रो एकदिवसीय खेल आइतबार सिड्नीमै हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here