राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल कोरोना संक्रमण मुक्त

काठमाडौं,१२ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् ।

कप्तान मल्लले शुक्रबार सामाजिक संजाल फेसबुकबाट आफु कोरोना मुक्त भएको बताएका छन् । राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण अघि गरिएको कोरोना परिक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

ज्ञानेन्द्रसँगै उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई समेत कोरोना पोजेटिभ देखिएको थियो । कोरोना मुक्त भएसँगै ज्ञानेन्द्र अब टिमको प्रशिक्षणमा सामेल हुने छन् ।

`मलाई कुनै संक्रमण र समस्या देखिएन। चिकित्सकसँगको सल्लाह पछि आज दोस्रोपटक पीसीआर परीक्षण गराएको थिएँ। जुन नेगेटिभ आएको छ,´ कप्तान मल्लले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले आफूलाई माया गर्ने समर्थकलाई धन्यवाद भन्दै लेखेका छन्,`कोभिड १९ लाई हल्का रुपमा नलिनुहोस्। यसको संक्रमणपछि तपाईंले शारीरिक समस्यामात्रै होइन मानसिक तनाव पनि झेल्नु पर्ने हुन्छ। त्यसैले सावधानी अपनाउनुहोस्।´

क्रिकेट कप्तान ज्ञानेन्द्र मल्लसहित टिमका चार जनालाई कोरोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here