क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं, १३ मंसिर । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । लामिछाने आफैँले कोरोना भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएको उनले बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन् ‘कोरोना परीक्षणको क्रममा संक्रमण भएको नतिजा आएको छ । मलाई बुधबारदेखि नै शरीर दुखिरहेको थियो । तर, अहिले मेरो स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । चाँडै स्वस्थ्य भएर फिल्डमा फर्कने छु ।’

उनले अहिले होम आइसोलेशनमा रहेको र चाँडै नै स्वस्थ्य भएर मैदान फर्किने विश्वास व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here