काठमाडौंको तापक्रम जाडो सुरु भएयताकै कम, एकैदिन तीन डिग्री घट्यो

काठमाडौं, १३ मंसिर । काठमाडौं उपत्यकाको तापक्रम यस वर्षको अहिलेसम्मकै कम देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाकाको अनुसार बिहान साढे ६ बजे गरिएको मापनमा काठमाडौं उपत्यकाको तापक्रम ५ डिग्री सेल्सियस देखिएको हो। एकैदिन तीन डिग्री सेल्सियस तापक्रम घटेको छ ।

महाशाखाकाको अनुसार शुक्रबार न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रहेकोमा शनिवार बिहानको तापक्रम पाँच डिग्री सेल्सियसमा झरेको हो ।

यो वर्ष जाडो सुरु भएयताकै काठमाडौंमा कम तापक्रम हो । तापक्रम अझै घट्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच डिग्री सेल्सियसमा झरेको थियो ।

जोमसोमको २ दशमलव २, जिरीको ४ दशमलव ५, ओखलढुङ्गाको ९ दशमलव ५, ताप्लेजुङको ८ दशमलव ५, दिपायलको ६ दशमलव २ र पोखराको १० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । अबको तीन दिन देशभरको मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here