रेडक्रस र कोकाकोलाले दिए भेण्टिलेटर र स्वास्थ्य सामग्री – पोखरा, वीगरगञ्ज र चितवनलाई सहयोग

काठमाडौं, १३ मंसिर । नेपाल रेडक्रस सोसाइटी र कोकाकोलाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल र नारायणी अस्पताललाई भेण्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

गण्डकी क्षेत्रीय अस्पताल पोखरामा शुक्रबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग र नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष सिताराम कोइरालाले संयुक्तरुपमा प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यलाई उक्त सामग्री हस्तान्तरण गरे ।

१८ लाख ५८ हजार रुपैयाँ बराबरको उक्त स्वास्थ्य सामग्रीमा एक थान भेण्टिलेटर सहित स्यानिटाइजर, मास्क, पञ्जा, जुत्ता लगायत रहेका छन् ।

साझेदारीअन्तर्गत नै नेरेसो पर्सा शाखामार्फत वीरगञ्जस्थित नारायणी अस्पताललाई सोमबार एक थान भेन्टिलेटरसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष शर्मीला कार्कीले प्रदेश नं. २ की आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिन् ।

सोही अवसरमा उक्त सामाग्री राज्यमन्त्री यादवले नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लालमार्फत अस्पताललाई प्रदान गरिन् ।

त्यस अवसरमा अस्पताललाई १६ लाख ३२ हजार रुपैयाँको आईसीयूमा प्रयोग हुने भेन्टिलेटर, ६ हजार थान सर्जिकल मास्क, २ हजार ५ सय जोडी सर्जिकल पञ्जा, ५० थान सुरक्षा पोशाक, एन ९५ मास्क २ सय थान र ५० थान गरी १८ लाख ५८ हजाररु पैयाँको सामग्री हस्तान्तरण गरिएको थियो ।

यस्तै नेपाल रेडक्रस सोसाइटीले प्रदेश १ सरकारलाई भेन्टिलेटरसहित साढे १८ लाखभन्दा बढी मूल्यको स्वास्थ्य सामग्री मंगलबार हस्तान्तरण गरेको छ ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रसकी उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख ३२ हजार आठ सय ५० रुपैयाँ बराबरको भेन्टिलेटरसहित ६ हजार थान सर्जिकल मास्क, दुई हजार पाँच सय जोर ग्लोब्स, ५० थान पीपीई, दुई सय थान केएन ९५ मास्क, ५० थान सुरक्षा चस्मा गरि १८ लाख ५८ हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।

यस्तै चितवनस्थित भरतपुर अस्पताललाई भेन्टिलेटरसहित २० लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष होम पाठक र चितवन रेडक्रस शाखाका सभापति ज्ञानशाली न्यौपानेले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई एक कार्यक्रमका बीच सोमबार हस्तान्तरण गरे ।

हस्तान्तरण गरिएका सामग्रीमा १६ लाख ३२ हजार रूपैयाँ मूल्यको आइसीयूमा प्रयोग हुने एक थान भेन्टिलेटरका साथै ६ हजार पिस सर्जिकल मास्क, २ हजार ५ सय जोडी सर्जिकल पन्जा, एकसय थान सुरक्षा पोशाक, केएन ९५ मास्क दुई सय थान र ५० थान सुरक्षा चस्मा रहेका छन् ।

सुदुर पश्चिम र कर्णालीमा भोली वितरण हुँदै
भेरी अञ्चल अस्पताल बाँके, कर्णाली प्रदेश अस्पताल सुर्खेत र सेती अञ्चल अस्पताल कैलालीमा भेन्टिलेटर सहित शुरक्षा सामग्री वितरण भोली देखि सुरु हुँदैछ ।

मंगलबारसम्म हस्तान्तरण कार्यक्रम सकिने सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

यी सवै सामग्री वितरण दुई चरणमा गरिएको थियो नेरेसो तथा कोकाकोलाको साझेदारीमा २ करोड रुपैयाँ बराबरको सामग्री स्वास्थ्य संस्था र स्वयंसेवकहरुलाई उपलव्ध गराइएको रेडक्रसले बताएको छ ।

सम्बन्धित समाचारः

नेपाल रेडक्रसको वार्षिक साधारण सम्पन्न, आगामी आ.व. लाई ३ अर्ब ८३ करोड बजेट

बाढी पहिरो पिडितलाई रेडक्रसको सहयोग, प्रतिपरिवार १० हजारको राहत

गंगालाल, मनमोहन र ट्रमालाई हिमालय एयरलाइन्सको स्वास्थ्य सामग्री सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here