थप १९ संक्रमितको मृत्यु, मृतकको संख्या १४५४ पुग्यो

काठमाडौं, १३ मंसिर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर १९ जना संक्रमितको मृत्यु भएको हो ।

यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १४५४ पुगेको छ । यसअघि शुक्रबार २३, बिहिबार २३, बुधबार २८, मंगलबार २४, सोमबार १६, आइतबार १६ जनाको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here