धनुषाको महेन्द्रनगरमा कृषि विकास बैंकको नयाँ शाखा

काठमाडौं, ५ जेठ । धनुषा जिल्ला शिरेश्वर नगरपालिका स्थित सखुवा महेन्द्रनगरमा कृषि विकास बैंकले शाखा विस्तार गरेको छ ।

प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार नयाँ शाखा कार्यालयको उद्घाटन गरे ।

कार्यक्रमका प्रमुख अतिथी तथा मुख्यमन्त्री लाल बाबु राउतले सम्पूर्ण स्थानीय जनताहरुको मागलाई ध्यानमा राखी सहज रुपमा कर्जा उपलव्ध गराउनु पर्ने, यस क्षेत्रबाट धेरै भन्दा धेरै यूवाहरु रोजगारीको सिलसिलमा विदेश गएकोले उनीहरुले पठाउने रेमिटेन्सलाई सहजरुपमा घर परिवार समक्ष पु¥याउने व्यवस्था गराएमा कृषि विकास बैंक प्रति जनताहरुको थप आकर्षण बढ्ने सुझाव दिए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकका प्रडक्ट (एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधा) को बारेमा जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here