फिफा बरियताः नेपाल एक स्थान तल झर्‍यो, बेल्जियम शीर्ष स्थानमा

काठमाडौँ । फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पछिल्लो समय सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औं स्थानमा पुगेको हो । अघिल्लो महिना नेपाल १७० औं स्थानमा थियो ।

दक्षिण एसियाली देशमा भारत सबैभन्दा माथि १०४ औं स्थानमा रहेको छ । त्यस्तै, अफगानिस्तान १५० औं, माल्दिभ्स १५५, नेपाल १७१ औं, बङ्गलादेश १८४, भूटान १८९, पाकिस्तान २०० औं र श्रीलङ्का २०६ औं स्थानमा रहेका छन् ।

विश्व बरियतामा बेल्जियमले शीर्ष स्थानमा अटाएको छ । फ्रान्स दोस्रो स्थानमा रहँदा ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो र पोर्चुगल पाँचौँ स्थानमा छन् ।

त्यस्तै, छैटौंमा स्पेन, सातौंमा अर्जेन्टिना, आठौंमा उरुग्वे, नवौंमा मेक्सीको र दशौं स्थानमा इटाली रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here