काठमाडौं जेसीजको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

काठमाडौं, १४ मंसिर । काठमाडौं जेसीजको निर्वाचन सम्पन्न भएको छ । शनिवार सम्पन निर्वाचबाट बर्ष २०२१ का लागि कैलाश श्रेष्ठ निर्वाचित भएका छन् ।

कुलेश्वर स्थित स्टार फुड ल्याण्डमा भएको शाखाको ३८ औं अधिवेशन तथा ५० औं साधारण सभाले सर्वसम्मत रुपमा अध्यक्ष श्रेष्ठसहित पदाधिकारीहरु चयन गरेको हो ।

अधिवेशनले कार्यकारिणी उपाध्यक्षमा जेसी रामराजा ओझा, जेसी श्यामकुमार घिमिरे, जेसी रामेश्वर सिंखडा, महासचिवमा जेसी निरोज खतिवडा , कोषाध्यक्षमा जेसी रफी भण्डारी, सह कोषाध्यक्षमा जेसी ध्रुव तिवारी र सहसचिवमा जेसी हरिहर खड्कालाई चयन गरेको छ ।

सदस्यहरुमा जेसी बिनोद तिमिल्सिना, जेसी समिप खनाल, जेसी पुरुषोत्तम पौडेल, जेसी गोविन्द ओझा, जेसी प्रचण्ड भूर्तेल र जेसी नकुल अर्याल निर्वाचित एवं मनोनीत भएका छन् ।

निर्वाचनमा सिनेटर दिपक भण्डारीले निर्वाचन अधिकृतको रुपमा काम गरेका थिए । काठमाडौं जेसीज नेपाल जेसीजकै पुरानो शाखा हो । साँख प्रतिष्ठित शाखाको रुपमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here