अष्ट्रेलिया भर्सेस भारतः भारतलाई जितको लागि ३९० रनको लक्ष्य

काठमाडौं । दोस्रो एक दिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलाई ३९० रनको लक्ष्य दिएको छ । अष्ट्रेलियाको घरेलु मैदानमा भएको खेलमा टस जितेर व्याटिङ रोजेको अष्ट्रेलियाले कुल ५० ओभर खेल्दै ४ विकेटको क्षतिमा ३ सय ८९ रन बनायो ।

भारतलाई ३९० को लक्ष्य दिने क्रममा स्मिथले सतकिए योगदान दिए । जम्मा ६४ बलको समना गरेका स्मिथले १०४ रनको योगदान गरे । साथै, वार्नरले ८३, म्याक्सवेलले जम्मा २९ बलमा ६३ रनको गोगदान दिए ।

बलिङतर्फ भारतका मोहम्द शामी, जसप्रित बुम्रराह, र हार्दिक पाण्डेले समान १-१ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here