१३ औं सागको खर्च विवरण सार्वजनिक

काठमाडौं, १४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक भएको छ ।

आइतबार राष्ट्रिय खेलकुद परिषद ९राखेप०ले परिषद परिषरमा पत्रकार सम्मेलन गर्दै खर्च विवरण सार्वजनिक गरेको हो ।

राखेपका सदस्य सचिव रमेस सिलवाल गरेका सार्वजनिक खर्च विवरणअनुसार नेपाल सरकारबाट प्राप्त १ अर्ब २३ करोड १८ लाख ४८ हजार, टिकटबाट २ करोड ६७ लाख ११ हजार ६ सय ७५ रुपैयाँ विज्ञापनबाट २० लाख ९९ हजार १ सय ५० तथा सहभागी राष्ट्रबाट प्राप्त ११ करोड २१ लाख ३५ हजार ५ सय ९८ रुपैयाँ गरि कुल १ अर्ब ३७ करोड २७ लाख ९४ हजार ४ सय २३ रुपैयाँ आम्दानी भएको बताइएको छ।

सो रकममध्ये १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँको विवरण राखेपले दिएको छ भने ३ करोड ५५ लाख ७१ हजार १ सय ३७ रुपैयाँ बैङ्क मौज्दाद रहेको जनाएको छ। त्यस्तै १ करोड ९३ लाख ८० हजार २ सय २४ रुपैयाँ फ्रिज भएको जनाएको छ।

त्यस्तै पूर्वाधारतर्फ विभिन्न ११ आयोजना स्थलमा गरी १ अर्ब ७५ करोड ७५ लाख ६३ हजार ९ सय ७५ रुपैयाँ खर्च भएको राखेपले जनाएको छ।

नेपालले १३ औँ सागमा हालसम्मकै सर्वाधिक स्वर्ण जितेको थियो । जसमा नेपालले ५१ स्वर्ण पदक, ६० रजत र ९६ कास्य पदक गरि कुल २०७ पदक जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here