बार्सिलोनाको सहज जित, मेस्सीको गोल म्याराडोनाको नाममा समर्पित

काठमाडौं १४ मंसिर । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । आइतबार राति बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा ओसासुनालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन मार्टिन ब्रेथवेट, एन्टोनियो ग्रिजम्यान, फिलिपे कौटिन्हो र कप्तान लियोनल मेस्सीले एक–एक गोल गरे ।

मेस्सीले आजको खेलमा गरेको गोल अर्जेन्टिनाका पूर्वकप्तान म्याराडोनालाई समर्पित गरेका छन् । बार्सिलोनाका पूर्व खेलाडी म्यारोडोनाको गत साता हृदयघातको कारण निधन भएको थियो ।

जितसँगै बार्सिलोना लिगको सातौं स्थानमा उक्लिएको छ । बार्सिलोनाले ९ खेलमा १४ अंक जोडेको छ । ओसासुना ११ अंक जोडेर १५ औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here