काठमाडौं, १५ मंसिर । काठमाडौं उपत्यका लगायतक देशका विभिन्न स्थानमा चिसो बढ्दै गइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार बिहान काठमाडौँको तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको हो । त्यस्तै दिउँसो भने काठमाडौंको तापक्रम २० डिग्री सेल्सियससम्म पुग्ने जनाइएको छ ।
अहिले बिहानपख तराई भूभागमा कुहिरो देखिएको छ भने हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको छ । अहिले देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो र राति पनि देशभरको मौसम सामान्यतया सफा रहनेछ । भोलि मंगलबार गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहने सम्भावना रहनेछ भने अन्य स्थानको मौसम सफा रहनेछ ।
मंसिर १५ गते (सोमबार)
दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशभर मौसम सामान्यतया सफा रहनेछ ।
मंसिर १६ गते (मंगलबार)
दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।
राती : गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसिर १७ गते (बुधबार)
दिउँसो : : गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।