काठमाडौं, १७ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक मंसिर २० गते बस्ने गरी स्थगित भएको छ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्तावका सन्दर्भमा छलफलका लागि बोलाइएको सचिवालय बैठक केहीबेरमात्रै बसेर स्थगित गरिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिबिना नै वैठक सुरु भएको थियो।
अर्को बैठक मंसिर २० गते दिउँसो १ बजे बस्नेछ ।