वैदेशिक रोजगारीमा जानेले बीमा र कल्याणकारी कोषको रकम इसेवाबाट भुक्तानी गर्न सक्ने

काठमाडौं, १७ मंसिर । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम इसेवादेखि भुक्तानी गर्न सक्ने भएका छन् । इसेवाले बुधबारदेखि लागु हुने गरी यस्तो सेवा शुरु गरेको हो ।

यो सँगै वैदेशीक रोजगारमा जाँदा इसेवा खाता भएका व्यक्तिले सिधै इसेवाबाट र इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्नेछन् ।

यस सेवाबाट सन नेपाल लाइफ इन्स्योरेन्सले जारी गर्ने वैदेशीक रोजगार म्यादी बीमा र कल्याणकारी कोषको दुवै व्यक्तिगत र संस्थागत रकम भुक्तानी गर्न सकिने इसेवाले जनाएको छ ।

इसेवाबाट सिधै बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्न सकिने भएपछि वैदेशीक रोजगारीमा जाने व्यक्तिको समय र खर्चको बचत हुने कम्पनीले जनाएको छ । यसअघि कल्णकारी कोष र बीमाको रकम बुझाउन लामो समय लाइनमा बस्नुपर्ने बाध्यता रहि आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here