ग्लोबल आइएमई बैंकको २३२ औं शाखारहित बैंकिङ् सेवा ईलाममा

काठमाडौं । ग्लोबल आइएमई बैंकले ईलाम जिल्लाको माईजोगमाई गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३२ पुगेको हो ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि बैंकले यस स्थानमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको जनाएको छ ।

बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४६ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३२ शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here