एनएमबि बैंकलाई चार वर्षमा तेस्रो ‘बैंक अफ दि इयर’ अवार्ड

काठमाडौं, १७ मंसिर । एनएमबि बैंकले ‘बैंक अफ दि इयर’ २०२० अवार्ड प्राप्त गरेको छ ।

दि फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा सो अवार्ड एनएमबिलाई प्रदान गरेको हो ।

सो सम्मान बैंकले विगत चार वर्षमा तेश्रो पटक प्राप्त गरेको हो ।

बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकार माविस्तार गर्दै देशका विभिन्न शहर तथा ग्रामिण भेगहरुमा शाखा सञ्चालन गरि १२ लाख भन्दा बढी ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।

एनएमबि बैंक ग्लोबल अलायन्स फर बैंकङ अन भ्यालुजको नेपालमा एक मात्रै ‘क’ वर्गको सदस्य वाणिज्य बैंक हो ।

बैंक अफ दि इयर उपाधि बैंकको वित्तीय क्षमता प्रदर्शन, शेयरधनीलाई दिइने प्रतिफल, ग्राहकहरुको हितका लागि गरिने पहलहरु जस्ता विभिन्न मापदण्डहरुबाट मूल्याङ्ककन गरिन्छ ।

विश्व समुदाय नै कोभिड–१९ को महामारीबाट गुज्रिरहेको यस कठिन घडीमा पाएको यो बैंक अफ दि इयर २०२० को सम्मान हाम्रा कर्मचारीहरुले देखाएको अदम्य साहस, त्याग, कडा परिश्रम, कामप्रतिको समर्पण, दीगो व्यवसाय विस्तार प्रतिको ऐक्यवद्घताका साथै यस बैंकको सञ्चालक समितिको निर्देशनतथा सम्पूर्ण सरोकारवालाहरुको अनवरत सहयोगको प्रतिफलहो, बैंकले एक विज्ञप्तिमा भनेको छ ।

सम्बन्धित समाचारः

चिनियाँ पर्यटकले विच्याटमार्फत नेपालमा भुक्तानी गर्न सक्ने, एनएमबि बैंक र टेन्सेन्टवीच सम्झौता

अशोक लेलैण्ड र एनएमबि बैंकबीच सम्झौता

एनएमबी बैंक र आईएमएसबीच मोबाइल किन्न कर्जा प्रदान गर्ने सम्झौता

एनएमबी बैंकको वित्तीय सूचकमा सुधार, वितरण योग्य नाफा १२ प्रतिशत बढ्यो

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here