एनएमबि बैंकको १७५ औं शाखा रामग्राममा

काठमाडौं, १८ मंसिर । एनएमबि बैंकले नवलपरासीको रामग्राम सुनवल–परासी रोडमा नयाँ शाखा संचालनमा ल्याएको छ । रामग्राम परासी शाखा बैंकको १७५ औं शाखा हो ।

परासी क्षेत्रका उद्योगी, ब्यावासायी, समाजसेवी तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा एनएमबि बैंक लुम्बिनी प्रदेशका प्रमुख मोहन केसीले उद्घाटन गरेका छन् ।

भर्चुअल सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले तिव्र औद्योगिककरण र ब्यावसायीकरण तर्फ उन्मुख रामग्राम परासी क्षेत्रमा सरल, सहज र छिटोछरितो बित्तिय सेवा प्रदान गरिने बताए ।

लुम्बिनी प्रदेशको २९ औ‌ँ शाखाको रुपमा शुभारम्भ गरिएको बैङ्कका लुम्बिनी प्रदेश प्रमुख मोहन केसीले बताए ।

लुम्बिनी प्रदेश क्षेत्र (क) प्रबन्धक युवराज पाठकले रामग्राम परासीबाट यस क्षेत्रको कृषि, ब्यापार, उद्योग, शिक्षा, स्वास्थ, आवास लगायत सबै क्षेत्रका आवस्यकता पुरा गर्ने बताए ।

एनएमबि बैंक रामग्राम परासी शाखा प्रबन्धक अर्जुन ज्ञवालीले स्थानीय जनता माझ उनिहरुका बित्तीय आवश्यकतालाइ ध्यानमा राखी बचत, कर्जाका सेवाहरु एवं आधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्न सदैव तत्पर रहने बताए ।

शुभारम्भको अवसरमा बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत रामग्राम परासीको पुरानो स्कुल आदर्श माध्यमिक बिधालयका करिव ७०० विद्यार्थीको लागि मास्क, सेनिटाइजर, ग्लोब्स हस्तान्तरण गरेको थियो ।

एनएमबि बैंकलाई चार वर्षमा तेस्रो ‘बैंक अफ दि इयर’ अवार्ड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here