१७ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, बोलकबोल दिउँसो २ बजे

काठमाडौं, २२ मंसिर । नेपाल राष्ट्र बैंकले जारी गर्न लागेको १७ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिलमा सोमबार बोलकबोल हुँदैछ।

बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो । केन्द्रीय बैंकले २८ दिन र ९१ दिनका लागि मंगलबार ट्रेजरी बिल जारी गर्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ।

राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ र ९१ दिनका लागि १२ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिल क्रमशः २०७७ पुस २१ गते र २०७७ फागुन २५ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलको बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारणसमेत सहभागी हुन पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here