मनकामना मन्दिर मंसिर २८ गतेबाट सर्वसाधारणका लाागि खुल्ने, केवलकार पनि सञ्चालन

काठमाडौं, २३ मंसिर । गोरखास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर आइतबारदेखि सर्वसाधारणको लागि खुल्ल हुने भएको छ ।

मंगलबार बसेको मनकामना क्षेत्र विकास समिति बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मंसिर २८ गतेबाट मनकामना मन्दिर र केवलकार खुल्ला गर्ने निर्णय गरेको हो ।

कोरोना महामारी जोखिम बढेपछि मनकामना मन्दिर र केवलकार गत चैत दोस्रो नासाताबाट सर्वसाधारणका लागि बन्द गरिएको थियो ।

मन्दिर र केबलकार बन्द हुँदा स्थानीयको रोजीरोटी गुमेको, ब्यापार ब्यवसाय ठप्प भएको भन्दै गाउँपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई मन्दिर खुलाउन, केबलकार संचालनका लागि सहयोग गरिदिन स्थानियले अनुरोध गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here