गण्डकी प्रदेशका ९२ प्रतिशत महिलासंग आफ्नै मोबाइल

साङ्केतिक तस्विर

काठमाडौं । गण्डकी प्रदेशका १५ देखि ४९ वर्ष उमेर समूहका झण्डै ९२ प्रतिशत महिलासंग आफ्नै मोबाइल रहेको तथ्य सावैजनिक भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ प्रतिवेदनले प्रदेशका ९१.८ प्रतिशत महिलासंग आफ्नै मोबाइल रहेको देखाएको हो ।

सबैभन्दा कम मोबाइल प्रयोग गर्ने महिला कर्णाली प्रदेशका रहेका छन् । तथ्यांकको अनुसार प्रदेशमा ७१.८ प्रतिशत महिलासंग मात्रै मोबाइल रहेको छ ।

नेपालभर सोही उमेर समुहका ७९.३ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन रहेको छ ।

अध्ययनमा यो समूहका १४ हजार आठ सय पाँच महिलाहरुको सहभागीता रहेको थियो । त्यसमध्ये गण्डकी प्रदेशका एक हजार २५७ र कर्णाली प्रदेशका ७९८ जना महिला सहभागी रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here