थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमित १२,१४८

काठमाडौं, २६ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १०४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १०४४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ । थप १०६४ जना संक्रमण मुक्त भएका छन् ।

नेपलमा अहिलेसम्म १८ लाख २० हजार ६१८ जनाको पिसिआर परीक्षण भएको छ । हाल संक्रिय संक्रमितको संख्या १२ हजार १४८ जना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here