स्पेनिस लालिगाः आज बार्सिलोना र रियल सोसाइडेड भिड्दै, अंकदुरी घटाउने दाउमा बार्सिलोना

काठमाडौं । स्पेनिस ला लिगामा आज बार्सिलोना र रियल सोसाइडेड भिड्दै छन् । उक्त खेल नेपाली समय अनुसार राति १ः४५ बजेबाट बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा सुरु हुँदैछ ।

अंक तालिकाको शिर्ष स्थानमा रहेको रियल सोसाइडेड बार्सिलोनालाई पराजित गर्दै शिर्ष स्थानमा आफ्नो पकड बलियो बनाउने दाउमा छ भने तालिकाको ८ औं स्थानमा रहेको बार्सिलोना अंकदुरी घटाउने दाउमा छ ।

अहिलेसम्म १३ खेल खेलिसकेको रियल सोसाइडेडले ७ खेलमा जित, १ खेलमा बराबरी र १ खेलमा पराजित हुँदै २६ अंक बटुलिसकेको छ भने ११ खेल खेलिसकेको बार्सिलोना ५ खेलमा जित, २ खेलमा बराबरी र ४ खेलमा पराजित हुँदै १७ अंक बटुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here