काठमाडौं उपत्यकामा यो वर्षकै चिसोदिन, तापक्रम २.३ डिग्रीमा झर्‍यो

काठमाडौं, २ पुस । काठमाडौं उपत्यकामा बिहिबार यो वर्षकै धेरै चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार बिहान साढे ६ बजेको तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ ।

दिउँसोको तपक्रम १७–१९ डिग्री सेल्सियस तापक्रम रहने जनाइएको छ । अहिले पूर्वी तथा पश्चिमी नेपालको तराई भू–भागमा हुस्सु–कुहिरो लागेको छ ।

दिउँसो प्रदेश नम्बर १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेकाले बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here