माहाकाली नगरपालिकामा आपतकालिन बैठक,के होला निर्णय ?

पप्पु गुरुङ्ग

दोधारा, २ पुस । माहाकालीमा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएको पुष्टि भएको छ ।

केही दिन अघि मात्र माहाकाली नगरपालिकाका वडा अध्यक्ष तथा शिक्षकमा कोरोना संक्रमण देखिएपछि माहाकाली नगरपालिकाको समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको पुष्टि गरेको हो ।

बुधबार माहाकाली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष अर्जुन दत्त भट्ट लगाएत प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका स्वास्थ्यकर्मी, नगर स्वास्थ्य ईकाईका स्वास्थ्यकर्मी, अम्बिका माध्यमिक बिद्यालयका शिक्षक लगाएत स्थानिय गरि ७ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएसंगै कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको पुष्टि भएको माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिका नगर प्रबक्ता दिल बहादुर सिजालीले जनाएका छन् ।

समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि चुनौती थपिएकाले परीक्षणको दायारालाई फराकिलो बनाइने माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता सिजालीले बताएका छन् ।

उनका अनुसार वडाध्यक्ष, शिक्षक, स्वास्थ्यकर्मी र स्थानियहरुमा समेत कोरोना संक्रमण देखिएको हो । माहाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशी केही दिन देखि महाकाली अञ्चल अस्पतालमा उपचारकै क्रममा छन् ।

उनको स्वास्थ्य अवस्थामा सुधार भईरहेको बताईएको छ् । सेती प्रादेशिक अस्पतालले आज एक बिज्ञप्ती जारी गर्दै माहाकाली नगरपालिकामा स्वाब संकलन गरिएको मध्ये ७ जनालाई कोरोना संक्रमण देखिएको जनाएको छ् । उनि सातै जना होम आइसोलेशनमा रहेका छन् ।

माहाकाली नगरपालिका क्षेत्रमा समुदाय स्तरमा कोरोना संक्रमण देखिन थालेपछि माहाकाली नगरपालिका कार्यालयले आपतकालिन बैठक डाकेको छ् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्था, होटल र पसलमा सामाजिक दूरीको कुनै ख्याल नगरिनु, रेड जोनबाट आउनेहरु बिना मास्क हिडिरनु र राजनीतिक दलले विभिन्न कार्यक्रम आयोजना गर्नु विद्यालय सञ्चालन हुनाका साथै लगाएत ‘रेडजोन’बाट आउनेहरु समेत खुल्ला रुपमा हिडडुल गर्दा संक्रमण बढेको अधिकांशको भनाई थियो ।

माहाकाली नगरपालिका क्षेत्रमा अझे सम्म ८३ जनालाई कोरोना संक्रमण देखिएको छ् । उनिहरु मध्ये अधिकांश निको भई घर फर्केका छन् । ‘भारत संग हाम्रो नगरपालिका सीमा साँध जुधेको समुदाय स्तरमै कोरोना भेटिएपछि स्वाभाविकै रुपमा खतरा बढेका छ’ नेपाली काग्रेंसका नेता तथा तत्कालिन दोधारा गाबिस अध्यक्ष बेल बहादुर राना बताउँछन् ।

सरकारले लकडाउन हटाएपछि सिमावर्ती भारतिय बजारमा नागरिकको आउजाउ निकै बढेपछि समुदाय स्तरमा संक्रमण बढेको उनको भनाई रहेको छ् ।

गड्डाचौकी नाका कडा गरेपछि माहाकाली नगर क्षेत्र करीडोरकोरुपमा देखा परेको छ् । नेपाली र भारतिय मजदुर माहाकाली नगरपालिकाको खुला सिमा हुदै आउजाउ गरेका छन् ।

सीमा क्षेत्रबाट अनाधिकृत कारोबारमा संलग्न व्यक्तिहरुको माहाकाली नगरपालिकाका खुला सिमा क्षेत्र प्रयोग गरिरहेका छन् । चेक जा“चको अभावमा थप संक्रमण नदेखिएको यदि चेकजाच गर्ने हो भने थुप्रै मात्रामा समुदायमा संक्रमण देखिन सक्ने सम्भावना रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन राज चौधरीले बताएका छन् ।

परिक्षणको दायारालाई फराकिलो बनाई समुदाय स्तरमा कोरोना चेक जाँच गर्ने हो भने धेरै मात्रामा कोरोना संक्रमण देखिने सम्भावना रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन राज चौधरीको भनाई रहेको छ् ।

माहाकाली नगरपालिका क्षेत्रमा रहेका बैंक, बित्तीय संस्था, बिवाह, खेल प्रतियोगिता, जन्म दिन लगाएत भिडभाडवाला कार्यक्रममा स्थानिय सरकारले मापदण्ड बनाएर भिडभाड कम गर्ने, सामाजिक दुरी राख्न स्थानियहरुलाई सजग गर्ने बिभिन्न कार्यक्रम गर्नु पर्ने महिला अधिकारकर्मी मथुरा पन्तले बताएका छन् ।

पछिल्लो समय लकडाउन खुले संगै हेलचेक्राई गर्दा समुदाय स्तरका कोरोना फैलिएको उनको भनाई रहेको छ् ।

केहि दिन सुस्ताएको कोरोना भाईरसको सन्त्रासको ग्राफ फेरि निरन्तर एकाएक बढ्दै गएको छ् । माहाकाली नगर क्षेत्रमा भाइरसले महामारीको रुप लिने संकेत देखा परेको अर्का स्थानिय भक्त बहादुर रावतले बताएका छन् ।

‘लकडाउन अन्त्य भन्ने शब्दले पनि जनताको मनमा अब कोरोनाको जोखिम छैन् भन्ने धारणा बनेको छ् । अब व्यापक रुपमा समुदायस्तरमा परीक्षणको दायरा बढाएर स्थिति पत्ता नलगाए सम्म केहि अझै केही भन्न नसकिने छैन्’ स्थानिय भक्त बहादुर रावतले भने ।

गर्मीमा भन्दा जाडो महिनामा रुघाखोकीका बिरामी बढी हुन्छन् । त्यस समयमा कोरोना हो कि रुघाखोकी भनेर छुट्याउनका लागि धेरैले परीक्षण गर्न चाहन्छन् । त्यसैले अब समुदायस्तरमा कोरोना परीक्षणको दायरा बढाउनका लागि सरकारले तयार हुने पर्ने स्थानियहरुको सुझाव रहेको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here