चिसो मौसममा सुख्खा खोकीबाट कसरी छुटकारा पाउने ? यस्ता छन् उपाय

काठमाडौं । चिसो मौसममा विभिन्न प्रकारका रोगहरुले हामीलाई सताईरहेको हुन्छ । सुख्खा खोकी यो मौसममा सबैभन्दा धेरै देखिने समस्या हो ।

तपाईं पनि सुख्खा खोकीको कारण समस्यामा पर्नु भएको छ भने यसबाट छुटकारा पाउनको लागि केही घरेलु उपचारहरु रहेका छन् । जुन निम्न छन्ः

यस्ता छन् घरेलु उपचारः

१. मह, अदुवा र कागती पानीः एक चम्चा मह आधा चम्चा अदुवाको पाउडर र एक कप मनतातो कागती पानी मिसाएर पिउनुहोस । यसले खोकी ठिक गर्छ ।

२. किसमिस र अदुवाः आधा मुठ्ठी किसमिसलाई एक चम्चा अदुवाको पाउडरसँग उमालेर पिउनुहोस । यसले आराम मिल्छ ।

३. कागती पानी र किसमिसः एक मुठ्ठी किसमिस पानीमा उमाल्नुहोस यसमा आधा चम्चा कागती पानी मिसाएर दिनमा २ पटक पिउनुहोस् ।

४. खुदोः एक एक चम्चा खुदो र अदुवा पिस्नुहोस । यसमा एक चम्चा तुलसीको रस मिसाउनुहोस र सेवन गर्नुहोस । यसलाई दिनमा २ वा ३ चोटी खानुहोस राहत मिल्छ ।

५. मेथीः मेथीको दानालाई पानीमा उमालेर पिउनुहोस खोकी को समस्या हट्छ ।

६. मरिचः एक चम्चा महमा थोरै मरिचको पाउडर मिसाएर खानुहोस । दिनमा २ चोटी यसो गर्नालो सर्दी खोकी दूर हुन्छ ।

७. अदुवाः एक चम्चा अदुवाको पाउडर सँग एक गिलास पानी उमालेर पिउनुहोस । यसले इन्फेक्सन र भाइरससँग बचाँउछ ।

८. बेसारः बिहान बेलुका दुधमा बेसार मिसाएर पिउनुहोस । यसले ब्याक्टेरिया र भाइरसबाट राहत मिल्छ ।

९. अँगुरः आधा कप अँगुरको जुसमा आधा चम्चा पानी मिसाएर बिहानबेलुका पिउनुहोस । यसले खोकीबाट राहत मिल्छ ।

१०. तुलसीः एक कप तातोपानीमा ५–६ तुलसीको पत्ति उमाल्नुहोस । यसलाई ठन्डा गरेर दिनमा २–३ चोटी पिउनुहोस् । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here