सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर-बिजोर हट्यो (सूचनासहित)

काठमाडौं, २ पुस । उपत्यकाका सवारीसाधनमा लगाइएको जोर-बिजोर प्रणाली शुक्रबारबाट हटाउने निर्णय भएको छ ।

काठमाडौं जिल्ला प्रशासनले विहिबार विज्ञप्ती जारी गर्दै तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयपछि उपत्यकाको जोर बिजोर प्रणाली हटाउने निर्णय भएको जनाएको छ ।

जोर-बिजोर हटाउने निर्णय गरेसँगै शुक्रबारदेखि सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन्। तर, त्यसका लागि सबै सार्वजनिक र निजी सवारी स्वास्थ्य मापदण्ड पालना भने अनिवार्य रुपमा गर्नुपर्नेछ।

मापदण्ड पालना नगरी सवारी साधन सञ्चालन गरेमा अनुगमन गरी संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने विज्ञप्तीमा जनाइएको छ ।

‘जोर विजोर प्रणलीअनुसार सञ्चालन हुने गरी निर्णय भएकोमा विभिन्न व्यावसायिक प्रतिष्ठान, उद्योग कारखानाहरुले जोर विजोर प्रणलीमा सवारी सञ्चालन गर्दा आर्थिक गतिविधिमा असर पुगेको भन्ने गुनासो प्राप्त भएको उल्लेख गरिएको छ ।

साथै जोर विजोर प्रणलीमा सार्वजनिक सवारी यातायात सञ्चालन गर्दा सार्वजनिक सवारी साधनको संख्या कम भई यात्रीहरुको चाप बढी भएकाले सर्वसाधारण यात्रीहरुको सुविधाका बढी संख्यामा सार्वजनिक यातायात सञ्चालन गर्दा कोभिड संक्रमण जोखिमसमेत कम हुने हुँदा कोभिड संक्रमण अवधिभर सार्वजनिक सञ्चालन निर्देशिका २०७७ पालना गर्ने गरी पुस ३ गतेबाट काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाएको व्यहोरा सबै नागरिकहरुमा अनुरोध छ’, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कोरोना न्यूनीकरणका लागि भन्दै लकडाउन हटे पनि उपत्यकामा भने भदौ २५ गतेबाट सबै सवारीसाधनमा जोर९बिजोर प्रणाली लागु थियो ।

सरकारी पक्षले जोर- बिजोर माध्यमबाट कोरोना महामारी न्यूनीकरण हुने दाबी गर्दै आए पनि उपत्यकामा संक्रमणको दर निरन्तर बढ्दै गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here