स्पेनिस ला लिगा: बार्सिलोना बराबरीमा रोकियो, मेस्सीले राखे कीर्तिमान

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा बार्सिलोना भलेन्सियासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

बार्सिलोनाका लागि लियोनेल मेसी र रोनाल्ड अराउजोले एक एक गोल गरेका थिए भने भलेन्सियाका लागि मोउसटार डियाखबी र म्याक्सी गोमेजले एक एक गोल गरेका थिए ।

यस खेलमा गोल गरेसँगै मेसीले क्लब फुटबलमा ब्राजिलका महान खेलाडी पेलेको ६४३ गोलको रेकर्डको बराबरी गरेका छन् । मेसीले ७४८ खेलमा ६४३ गोल गरेका छन् । त्यस्तै पेलेले भने क्लब फुटबलमा ६५६ खेलमा ६४३ गोल गरेका थिए ।

मेस्सीले बार्सिलोनाका लागि पहिलो गोल सन् २००५ मा अल्बाकेटेका लागि गरेका थिए । पेलेले सन् १९५६ देखि १९७४ सम्म ब्राजिलको सान्तोसमा रहेर १९ सिजनमा ६ सय ४३ गोल गरेका थिए । मेस्सीले १५ सिजनमै यो सफलता हासिल गरे ।

यो बराबरी पछि बार्सिलोनाको १३ खेलमा २१ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ । त्यस्तै भलेन्सियाको भने १४ खेलमा १५ अंक रहेको छ र लिगमा १२औ स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here