मन्त्रिपरिषद बैठक : प्रधानमन्त्री ओलीद्वारा संसद विघटनका लागि सिफारिस

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।

आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले संसद विघटनका लागी सिफारीस गरेका हुन् । प्रधानमन्त्री ओली उक्त निर्णय गरेर हिडेका छन् । तर,मन्त्रीहरु भने बैठकमा बसिरहेका छन् । नेकपाका अर्का अध्यक्ष प्रचण्ड बालुवाटारमा भएको बेला प्रधानमन्त्रीले उक्त निर्णय गरेका हुन् ।

यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो। नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए। तर, प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ।

वर्तमान संविधानले भने प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको संविधानविदको भनाइ छ । प्रतिनिधिसभाले सरकार गठन गर्ने अवस्था रहँदासम्म प्रधानमन्त्रीले संसद विघटन र मध्यावधी निर्वाचन घोषणा गर्न नसक्ने संविधानविदहरुको भनाइ छ ।

प्रधानमन्त्री भएका व्यक्तिले पनि विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा भने प्रतिनिधिसभा विघटन गर्न सकिने व्यवस्था संविधानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here