संसद् विघटन गर्ने निर्णय अधिनायकवादी आकांक्षा- कांग्रेस

काठमाडौं, ५ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति आपत्ति जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक राखी संसद विघटन गर्ने निर्णय गरेका थिए। प्रधानमन्त्री ओलीको उक्त कदम संविधान, लोकतन्त्रको मर्म र राष्ट्रहित विपरीत रहेको वरिष्ठ नेता पौडेलले टिप्पणी गरेका छन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त सिफारिसकोे प्रतिवाद गर्ने बताउँदै संसद विघटन प्रधानमन्त्रीको अविवेकी निर्णय र अधिनायकवादी आकांक्षाको निर्णय भएको बताए ।

‘यो संविधान विपरीत छ, लोकतन्त्रको मर्म विपरीत छ र राष्ट्रहित विपरीत छ। अहिलेको संविधानअनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन। यो फिर्ता गर्नु पर्दछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here