दिउँसो सुत्दा साँच्चै आयु बढ्छ ? यस्तो भन्छ अध्ययन

काठमाडौं । सातामा एक वा दुई चोटि दिउँसो छोटो समय सुत्ने मानिसको आयु सामान्य मानिसको भन्दा धेरै हुने एक अध्ययनले देखाएको छ ।

स्विट्जरल्यान्डस्थित यूनिभर्सिटी अफ लाउजेनका अनुसन्धाताहरूले गरेका अध्ययनको निष्कर्ष अनुसार सातामा एक वा दुईपटक २० मिनेटजति सुत्ने मानिसमा अन्य व्यक्तिहरुमा भन्दा मस्तिष्काघात र मुटुरोगजन्य जोखिम आधा कम हुन्छ।

तर अध्ययनले ६५ वर्षभन्दा धेरै उमेर भएका मानिसहरुको बारेमा भने कुनै जानकारी दिएको छैन् । यसका अलवा सुत्दा घुर्ने मानिसहरुको लागि भने यसबाट कुनै फाइदा नहुने अध्ययनको निष्कर्ष छ । (बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here